काठमाडौं । अधिकांशको लागि टीकटक फुर्सदको उपयोग गर्ने माध्यम हो । ठिटा-ठिटीले टीकटकलाई मनोरञ्जनको माध्यम बनाइरहेका छन् ।
तर, टीकटक कसैका लागि समाजसेवाको गतिलो माध्यम बनेको छ । म्युजिक भिडियोको चर्चित नाम गरिमा शर्माले भने टीकटक एपलाई सहयोगी हातको माध्यम बनाएकी छिन् ।
४०० जना भोकालाई गरिमाले गत आइतबार खाना खुवाएकी छिन् । साथै, खाना खुवाउन सक्रिय सामाजिक समूह हाम्रो टीम नेपाललाई १५ हजार रुपैयाँ पनि सहयोग गरेकी छिन् ।
‘लाइभ बस्दा फ्यानहरुले गिफ्ट पठाउनुहुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ’ टीकटकबाट आएको कमाइबारे उनले भनिन् । लकडाउन अघि म्युजिक भिडियोमा गरिमा निकै व्यस्त थिइन् ।
पछिल्लो समय सेलेव्रिटीले म,हा,मा,रीबाट प्रभावितलाई सहयोगी हात अघि बढाइरहेका छन् ।
Facebook Comments Box