ओलीका राष्ट्रघाति क्रियाकलापविरुद्ध दृढ पाइला चाल्नैपर्ने अवस्था आयोः भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरिनु लोकतन्त्र र संविधानविपरीत भएको बताएका छन् । रावलले ओलीको निर्णय गत आमनिर्वाचनमा जनताले दिएको जनादेशविपरीत रहेको प्रतिक्रिया दिएका हुन् ।

जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद पुनर्गठनपछि रावलले सामाजिक संजालमा लेखेका छन्, ‘ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको छ ।’

‘ओलीका यसप्रकारका राष्ट्रघाति, जनघाति, लोकतन्त्र र पार्टीको नीति, सिद्धान्त र विधानविपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्र जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नैपर्ने स्थितीमा पुगेका छौं’, रावलले भनेका छन्।

रावलले केही दिनअघि पनि ओली नेतृत्वको काम चलाउ सरकारद्वारा एउटा समूहसंग भएको सम्झौतामा नेपालको संविधान संशोधन गर्ने विषय पनि उल्लेख रखेको जनाउँदै भनेका छन्, ‘सत्तास्वार्थमा निर्लिप्त हुनेहरू संविधानलाई निजी सम्पत्ति जस्तो गरेर कति तल झर्न र गैरजिम्मेवार काम कुरा गर्न उद्दत हुदारहेछन् भन्ने प्रष्ट भएको छ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty eight − = 52