
काठमान्डौं : सिजि कम्युनिकेसनले नेपाल सरकारको कानून, नीति नियम तथा प्रक्रिया पूरा गरेर नै देशभर टेलिफोन सेवा पुर्याउन आतुर रहेको जनाएको छ । लामो समयदेखि नेपाल दूरसञ्चार प्राधिकरणबाट एकीकृत अनुमति पत्रको प्रतिक्षामा रहेको भन्दै सो कम्पनीले विद्यमान कानूनी प्रक्रिया पूरा गरेर अगाडि बढ्न खोजेको स्पष्ट पारेको छ । भारतमा सिम किनेपछि अल इण्डिया भ्याईस सित्तैमा, इन्टरनेटपनि सिमिततामा सि’त्तैमा छ ।
चौधरी ग्रुप(सिजी)ले नेपालमा पनि त्यही गर्छौ भनि रहेका छन् ।कम्पनीले स्सिताबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक निर्वाण चौधरीले एकीकृत अनुमतिपत्रका लागि प्राधिकरणमा आवेदन दिएको बताए ।उनले नवीकरण शुल्क सबै कम्पनीले किस्तामा तिर्ने कानूनी व्यवस्था रहेको र सोही अनुसार तिर्न तयार रहेको जानकारी दिए ।
सीजी कम्युनिके’सन्सले केही दिन अगाडि १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उप’लब्ध गराइने घोषणा गरेको थियो । उपभोक्ता केन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने विश्वास सिजीले व्यक्त गरेको छ ।
१२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुने बताइएको छ ।
शुरुवातमा सिजी नेटको सेवा काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्काल’का लागि जावलाखेल, झम्सीखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले हाम्रो सेवाको फाइदा उठाउन सक्नेछन् । १२ महि’नाभित्र उप’त्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । नेटवर्क विस्तारस’म्बन्धी सम्पूर्ण जानकारी www.cgnet.com.np मा उपलब्ध छ ।