मन्त्री नैनाकला थापाले गरिन पदभार ग्रहण !

काठमान्डौं : नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनाकला थापाले बिहीबार मन्त्रालयमा पद बहाली गरेकी छन् । मन्त्रालय एवम् मन्त्रालय सम्बद्ध निकाय प्रमुखहरुको उपस्थितिमा पद बहाली गरिएको थियो ।

पदभार ग्रहण एवं स्वागत समारोहलाई सम्बोधन गर्दै थापाले मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निभाउन सबैको सहयोग, सद्७शधवसभाव, समन्वय र साझेदारी आवश्यक रहने विचार व्यक्त गरिन् ।

राज्यको चौथो अङ्गको रुपमा रहेको यस मन्त्रालयको गहन जिम्मेवारीमा एक अर्काको पुरक भइ मन्त्रालय सम्बद्ध १८ वटा निकायहरुले तोकिएको जिम्मेवारी असल परम्परा, संस्कार र अभ्यासका आधारमा कार्यान्वयन गर्न जोड दिइन् ।

सञ्चार तथा सूचना प्रविधिको पहुँचबाट संसार साँघुरिदै गएकोले जनतालाई हात हातमा सरकारी सेवा पुर्‍याउन मन्त्रालय एवं सम्बद्ध निकाय एक परिवारको रुपमा अघि बढ्नका लागि आव्हान समेत गरिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty four − = sixty