
काठमाडौं : गण्डकी प्रदेशमा पछिल्लो समय स्वतन्त्र सांसद दीपक मनाङ्गे निकै चर्चामा रहे। यसअघि एमाले संसदीय दलका नेता रहेका समेत मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारमा युवा तथा खेलकुद मन्त्री समेत भइसकेका मनाङ्गे पछिल्लो समय विपक्षी गठबन्धनमा लागेका हुन।
बिहिबार भएको मतदान प्रक्रियामा मनाङे सहभागि नहुँदा एमाले सरकार नै ढल्न पुग्यो।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शनिबार दिउसो ३ बजेसम्मको समय दिँदा मनाङे सहित ३१ सांसदको हस्ताक्षरले काँग्रेस संसदीय दलका नेता रहेका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका छन।
एमाले पक्षलाई आफूले छोडेकोबारे प्रतिक्रिया दिँदै मनाङेले आफूले प्रधानमन्त्री केपी शर्मा अोलीमा भविष्य नदेखेको बताएका छन।
पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा फेरि दाबी गरेपछि आज दिउसो विपक्षी गठबन्धनका सांसदहरु सशरिर प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना बसेका थिए। सोही क्रममा मनाङेले आफू ओली पक्षमा नरहेको बताएका हुन। तलको भिडियोमा हेर्नुहोस्: