
उदयपुर : मगर संस्कार अनुसार कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले बुबाको काजकिरिया सम्पन्न गरेका छन । मृ,त्युको ७ दिनमै काजकिरिया सक्ने मगर सं,स्कार भएकाले शनिबार सकिएको हो ।
६० वर्षीय बालबहादुर मगरको मृत्युपछि दुई छोरीले दाहसंस्कार गरेका थिए । १७ वर्षीया कुमारी र २० वर्षीया भगवतीले गाउँलेको सहयोगमा काजकिरिया सम्पन्न गरेका छन् । मगर संस्कारअनुसार काजकिरिया गरिने भएपछि गाउँले श,व छुन हुने कि नहुने भन्ने विषयमा अन्योलमा थिए ।
बालबहादुरका आफन्त र दाजुभाइ नहुँदा अन्योलमा परेका छिमेकी मगर पुरोहितको सल्लाहपछि मृत्यु संस्कारमा सहभागी भएको स्थानीय मोहन कोइरालाले बताए । ‘बालबहादुरको मृत्युपछि शव छुन हुने नहुने विषयमा अन्योल भएको थियो,’ मोहनले भने, ‘मगर पुरोहितको सल्लाहपछि श,व यात्रादेखि दा,हसं,स्कारमा सहभागी छिमेकीले ७ दिनेको काज किरियामा पनि पूर्ण सहयोग गरे ।’
बरमझियामा बालबहादुरको आफ्नो समुदायका आफन्त र दाजुभाइ नहुँदा स्थानीयले नै सहयोग गरेर का,जकि,रिया सम्पन्न गरेका उनले बताए ।
कटारी नगरपालिकाको २५ र स्थानीयले दिएको २८ हजारसमेत गरेर ५३ हजार रुपैया खर्चेर बुबाको काज,किरि,या सम्पन्न गरिएको भगवतीले बताइन् । दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ झरेको हो । दुई छोरी र श्रीमतीसहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हालेर बालबहादुर बसोबास गर्दै आएका थिए ।