नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मु,द्दा दर्ता, प-क्राउ गर्ने तयारी

काठमाडौं : नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मु,द्दा दर्ता गरिएको छ । आज (आइतबार) एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर सांसद बैद्यविरुद्ध मु,द्दा दर्ता गराएको जनाईएको छ ।

यसअघि नै एमाले नेता तथा कार्यकर्ताहरुले सांसद बैद्यलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए । गत शुक्रबारको प्रदेश सभा बैठकमा उनले प्रधानमन्त्री ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

तर, चौतर्फी विरोध र पार्टीबाटै तत्काल आत्मालोचना गर्न निर्देशन दिएपछि उनले हिजो (शनिबार) को बैठकमा माफी माग्दै उक्त शब्द फिर्ता लिएको घोषणा गरेका थिए । आज युवा संघका जिल्ला समिति सदस्य अनिल काफ्लेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मु,द्दा दर्ता गराएका छन् ।

बैद्यलाई आजरभोलिभित्रै प,क्राउ गरिने तयारी गरिएको पनि स्रोतले जनाएको छ । यसबारेमा हिजै प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 9 = one