
पोखरा : दुई महिनाको अन्तरमा तीन पटक मन्त्री भएका दिपक मनाङ्गे पछिल्लो समय राजनीतिक निर्णायक बने । संसद बि’घटन गर्न पृथ्वीसुब्बा गुरुङले बर्तापछि उनी मन्त्रीबाटै रा’जिनामा दिएर बिपक्षी ग’ठबन्धनमा आएका थिए ।
संसद जो’गाउन विपक्षीलाई साथ दिने घोषणा गर्दै उनी विश्वासको मत लिने प्रस्तावमा मतदान हुँदा अनुपस्थित रहे। दीपक मनाङेको घोषणाले ६० सदस्यीय सदनमा ३१ जना विपक्षी मोर्चामा भइदिए। निकै कसरत गर्दा पनि आफ्नो पक्षमा स्पष्ट बहुमत जुटाउन नसकिरहेको विपक्षी गठबन्धनका लागि ‘मसि’हा’ बने आ’पराधि’क पृष्ठभूमिबाट आएका मनाङे।
उनको निर्णायक मतले मुख्यमन्त्री बने कृष्णचन्द्र नेपाली। प्रदेश सरकारको लगाम पृथ्वीसुब्बाबाट कृष्णचन्द्रमा पुग्यो। मनाङे पुनः मन्त्रीमा नियुक्त भएका छन्। मनाङेको गुन तिर्दै मुख्यमन्त्रीले उनलाई तुरुन्तै मन्त्री बनाएका छन् । अन्य पार्टीहरुमा कसलाई मन्त्री बनाउने भन्ने विवाद भए पनि मनाङे भने मुख्यमन्त्रीका लागि ‘नि’र्विवा’द’ थिए ।
यद्यपि, उनलाई कुन मन्त्रालय दिने भन्ने टाउकोदु’खाइ बाँकी छ । मनाङेले चा’नचुने होइन, गृह मन्त्रालयमा दा’वी गरेका छन् । योभन्दा अगाडि खाएको युवा तथा खेलकुद मन्त्रालय उनलाई खा’सै टे’स परेको थिएन ।यसअघि मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाउँदा चौ’तर्फी वि’रोध भएको थियो ।
सामाजिक सञ्जालमा आँ’धितु’फान नै आएको थियो । सत्ता जो’गाउनकै लागि एउटा पुर्व गु’ण्डानायिकेलाई मन्त्री बनाउनु नि’न्दनीय थियो नै । यसले नेपालको सं’घीयता अ’भ्यासमाथि नै प्रश्न उठेको थियो ।तर, मनाङे दोस्रोपटक मन्त्री बन्दा भने खासै वि’रोधको स्वर सुनिएको छैन ।
यसरी लिइएको छ, मानौं उनी मन्त्रीका स्वभाविक हकदार हुन् । परिस्थिति हेर्दा मुख्यमन्त्रीले उनलाई महत्वपूर्ण मन्त्रालय नै न’सुम्पेलान् भन्न पनि सकिन्न । त्यस्तो मन्त्रालयमा मनाङेले के गर्लान् भन्ने चि’न्ता नलिँदा पनि हुन्छ । आखिर अरु प्रदेश मन्त्रीले पनि गरेका के नै छन् र ? उनीहरुले गर्नुपर्ने र गर्न सक्ने पनि के नै छ र ?
एमालेका २७ संसद मध्ये २६ ले बिघटन रोजेपछि आफूले संसदको ह’त्या गर्न हुँदैन भनेर बिपक्षीलाई सहयोग गरेको बताउँछन् । अब जनताले त्यी एमालेका २६ जनालाई भोट गर्न नहुने बताए ।