प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा बाबुराम भट्टराईमाथि खनिए

काठमान्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध आक्रोश पोखेका छन् ।

सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत विपक्षी गठबन्धनको नेतृत्वमा नवगठित गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेका विषयलाई लिएर नेता भट्टराईमाथि आक्रोश पोखेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा हेर्नसम्म नसकेको उहाँको यो तस्बिर र दीपक मनाङेबारेका असंगत धारणा देख्दा डा। बाबुराम भट्टराईले आफूलाई आज कहाँनेर उभ्याउनुभएको छ, सहजै बुझिन्छ,’

प्रेस सल्लाहकार थापाले नेता भट्टराईप्रति छुद्र टिप्पणी गर्दै लेखेका छन्, ‘ढोंग, पाखण्डीपन र अभिनयको पर्दा यसरी नै च्यातचुत भइरहेको छ । अझै पूर्वप्रमको वक्तव्यबाजी !’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = 2