
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेवा गौतमलाई आफ्नो पक्षमा ल्याउने फेरि प्रयास गरिरहेका छन् । पछिल्लो समय आफ्ना विश्वासपात्र तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलमार्फत ओलीले आफ्नो सन्देश गौममसक्षम पुर्याइरहेका छन् ।
आफ्नो पार्टीको आन्तरिक विवादले गण्डकी प्रदेशको सरकार गुमाएको एमाले त्यसयता एकताबद्ध हुने गरी छलफल अघि बढाउन अध्यक्ष ओली तातेको नेताहरुको बुझाइ छ ।
नेपाल समूहको गुटको बैठकमा सहभागी नहुने, तर नयाँ पार्टी खोलेमा साथ दिने सार्वजनिक रुपमा बताए गौतमलाई फकाउन ओलीले पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका पौडेल सक्रिय बनाइरहेका छन् ।
यसैक्रममा सोमबार बिहान गौतम निवास भैंसेपार्टी पुगेका पौडेल र नेता गौतमबीच पार्टी एकताको विषयमा छलफल भएको छ ।
सो क्रममा पौडेलले स्थायी कमिटी बैठकमा सहभागी हुन र पार्टी एकताको लागि पहल गर्न गरेको आग्रहको जवाफ दिँदै गौतमले २०७५ जेठ २ अगाडि पार्टीको संरचना कायम गरे एकता हुने बताएका छन्
नेकपा माओवादीसँग पार्टी एकता गर्नुअघि एमालेको नवौँ महाधिवेशनले गठन र चयन गरेको समिति र पदाधिकारीसहित सदस्यहरुलाई सक्रिय बनाउनुपर्ने माधवकुमार नेपाल समूहको माग रहँदै आएको छ ।
गण्डकी घटनापछि अध्यक्ष ओली पनि जेठ २ गते फर्कन लचिलो देखिन थालेको एमालेका नेताहरु बताउँछन् । जस कारण पौडेललाई अघि सारेर एमालेको एकताका लागि फेरि पहल गरिएको हो ।