दुखद: खबर ! विश्वको सबैभन्दा ठूलो परिवार का घरमुलीको निधन

काठमाण्डौ : विश्वको सबैभन्दा ठूलो परिवारका घरमुली जियोना चानाको नि,धन भएको छ । भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने ७६ वर्षीय चानाको नि,धन भएको बीबीसीले जनाएको छ ।

मृ,तक जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३६ जना नातिनातिनी छन् । उनीहरू सबै जना एक सय कोठा भएको चार तले घरमा बस्दै आएका छन् । यही परिवारका कारण बख्तवांग गाउँ पर्यटकको आकर्षणको केन्द्र बनेको बीबीसीले जनाएको छ ।

जियोना सिकर्मी हुनुहुन्थ्यो भने उहाँकी जेठी पत्नीले घरका सबै सदस्यको कामको बाँडफाँड र अनुमगन गर्नुहुन्छ । अरू पत्नी र छोरा–बुहारी खेतीपाती गर्छन् । केही छोराहरू पैसा कमाउनका लागि अरू काम पनि गर्छन् ।

चानाको परिवारमा दैनिक झन्डै ४५ किलो चामल, ४० वटा कुखुरा, २५ किलो दाल, दर्जनौँ अण्डा, ६० किलो तरकारी र २० किलो फलफूल खपत हुन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × one =