“प्रहरीको डाक्टर हुँ” भन्दै ठगी गर्ने कृष्णप्रसाद ढुंगाना काठमाडौं बाट पक्राउ !

काठमाडौं : “नेपाल प्रहरीको डाक्टर हुँ” ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका ६ का ४४ वर्षीय कृष्णप्रसाद ढुङ्गाना छन्।

तारकेश्वरमा ढुंगानाले सञ्चालन गरेको भिक्टोरिया फार्मेसीबाट उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।

ढुंगानाले ठगी गर्नकै लागि प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा समेत राखेका थिए। उनले आफूले ओहोदारपदवीसमेत पाएको भनी भ्रम सिर्जना गरी ठगी गर्दै आएको प्रहरीको भनाइ छ।

ढुंगानाबाट प्रहरीले नेपाल प्रहरीका विभिन्न पदहरूको यूनिफर्म लगाएका तस्बिर ३ थान, प्रहरी नायब उपरीक्षकको यूनिफर्म १ थान, नेपाल प्रहरीको जर्सी १ थान र मोबाइल सेट १ थान बरामद गरेको जानकारी दिएको छ।

उनीमाथि थप अनुसन्धान कार्य भइरहेको छ। पक्राउ परेका ढुंगानाबाट ठगीमा परेका व्यक्तिले प्रहरीसँग सम्पर्क गर्न पनि महाशाखाले आग्रह गरेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty three ÷ nine =