
काठमान्डौं : नेकपा (एमाले) निकट विभिन्न दश जनसङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् ।
गृहमन्त्री खगराज अधिकारीलाई आज सिंहदरबारस्थित गृह मन्त्रालयमा ज्ञापनपत्र दिँदै ती सङ्गठनले प्रधानमन्त्री ओलीको ज्यानमाथि धावा बोल्ने गरी वैद्यले दिएको अभिव्यक्ति मुलुकको फौजदारी कानूनविपरीत हुने भएकोले उहाँलाई अविलम्ब गिरफ्तार गरी कानून कारवाही गर्न माग गरेका हुन् ।
मुलुकको कार्यकारी प्रमुखमाथि यस्तो गम्भीर र आपत्तिजनक अभिव्यक्ति प्रदेशसभामा दिइएको विषयप्रति नेपाली काँग्रेसले अझैसम्म औपचारिक धारणा मेत सार्वजनिक नगरेकोप्रति ती सङ्गठनले आपत्ति जनाएका छन् ।
Facebook Comments Box