अभिनेत्री मनीषा कोइरालाले गरिन् नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग !

काठमाडौं  । अभिनेत्री मनीषा कोइरालाले कोभिड महामारीमा पनि अग्रपंतिमा रहेर खटिरहेको नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

उनले आइतबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई सहयोग हस्तान्तरण गरेकी हुन् । मनीषाले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेकी हुन् ।

उनले अग्रपंक्तिमा खटिएका प्रहरीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी छन् । ‘यस्तो जोखिमपूर्ण अवस्थामा पनि हामीलाई सुरक्षित राख्न खटिरहेको प्रहरीलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भनेकी छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

6 × one =