
काठमाडौं : अभिनेत्री निशा घिमिरेलाई अभिनेत्री आँचल शर्माले एक लाख सहयोग गर्ने भएकी छन् । आइतबार निशालाई भेट्न अस्पताल पुगेकी आँचलले एक लाख सहयोग गर्ने बताएकी हुन् । आँचलले आगामी शनिबार उनका पितालाई भेटेर सहयोग रकम हस्तान्तरण गर्ने बताइएको छ ।
निशालाइै भेटेपटि आफु अत्यन्तै भाबुक बनेको निशाले बताएकी छन् । स्वास्थ्यमा सुधार हुँदै गएका कारण निशा चाँडै निको हुनेमा आफू विश्वस्त रहेको आँचलले बताएकी छन् ।
निशा घिमिरे तस्विर सामाजिक संजालमा आएपछि नर्भिक अस्पतालले निशुल्क उपचार गर्ने घोषणा गरेको थियो । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्दार गरेर निःशुल्क उपचार सुरु पनि गरिसकेकी छन् ।
निशा अस्पताल भर्ना भएपछि अभिनेत्री करिश्मा मानन्धर, रेजिना उप्रेती, उषा पौडेललगायतले पनि आर्थिक सहयोग गरिसकेका छन् । त्यस्तै, चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले पनि निशालाई ५१ हजार प्रदान गरेको छ ।
कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।आजको यश शृङ्खलामा तिनै चेलिको स्वास्थ्य अवस्था बारे जानकारी गर्छौ ।
निशाकै कारण अहिले आमाले मानसिक सन्तुलननै गुमाए ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् ।अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न आचल शर्मा अस्पताल पुगेकि छिन् ।धेरै पछि आचल शर्माले नसशासग भेट गरेकि हुन् । निसाको स्वास्थ्य अवस्था देख्दा उनी पुरै स्तब्ध नै भइन् ।