प्रहरी लाई पर्यो सास्ति ! निषेधाज्ञा बीच काठमाडौंमा सुरु भयो जाम

काठमाडौं : काठमाडौं उपत्यकामा सवारी साधनको चाप बढ्न थालेको छ । उपत्यकाका सडकमा निजी सवारी साधनको संख्या बढेको हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्याककृष्ण अधिकारीले निषेधाज्ञा खकुलो भएकोले उपत्यकामा सवारी चाप बढेको बताए । ‘निषेधाज्ञा लुज भएको छ त्यसैले सवारी चाप बढेको छ ,’ उनले भने ।

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा अघिल्लो पटकभन्दा केही खुकुलो बनाइएको छ । यसकै मौका छोपी काठमाडौं उपत्यकाका सडकमा नागरिकले चहलपहल ढाएका हुन् ।

आजदेखि होटल, रेष्टुराँहरुलाई टेकअवे सेवा सन्चालन गर्न अनुमति दिइएको छ भने तरकारी तथा खाद्यान्न पसल खुल्ने समय पनि बिहान ११ बजेसम्मका लागि बढाइएको छ । औषधि, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसल, किराना पसल, डिपार्टमेन्टल (ग्रोसरी) खोल्न पाइने भएपछि नागरिकको चहलपहल पनि बढेको हो ।

आजैदेखि सरकारले नयाँ शैक्षिक सत्रको भर्नासमेत खुला गरेकोले पनि नागरिक चहलपहलसहित सवारी साधनको चाप बढेको छ ।

उपत्यका मुख्य सडक र चोकमा कोरोना बिर्साउने गरी ट्राफिक जामसमेत भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 3 = eleven