मनसुन ठाउँ-ठाउँमा सक्रिय हुँदा पहिरो तथा गेग्रान बहावको जोखिम, सतर्क रहन आग्रह !

काठमाडौं : नेपालमा मनसुन थप सक्रिय भएको छ । भारतको झारखण्डमा रहेको न्यून चापीय क्षेत्र र न्यून चापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको हो ।

मनसुन सक्रिय हुँदा आज दिउँसो नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको र राति पनि वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही भू–भागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ विभागले जनाएको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

91 ÷ = thirteen