
काठमाडौँ । तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ । बाढीले तनसनहस पारेको क्षेत्रमा हेलिकोप्टर पुगेको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिए ।
मेलम्चीमा हिजो साँझदेखि बाढी गएको हो । तर राति भएकाले गृह मन्त्रालयले हेलिकोप्टर पठाउन सकेको थिएन । बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार चौतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ ।
निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाको मृ,त्यु भएको छ । हेलम्बुमा हालसम्म ७ जनाको मृ,त्यु भएको छु प्रजिअ पोखरेलले इकागजसँग भने उहाँहरूको सनाखत हुन सकेको छैन । हेलम्बुमा घर, टहरा, फार्म, पुललगायत संरचना बाढीले बगाएको उनले बताए । हेलम्बुमा पानीको बहाब बढेकाले जान सकिएको नसकिएको उनले बताए ।