
काठमान्डौं । जेठ २८ गते शुक्रवार सुर्खेत सदरमुकाम नजिकै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको ११ सदस्यीय टोली र स्थानीयका विच झडप भयो ।
वीरेन्द्रनगर नगरपालिकाको कर्रेखोलाभन्दा तल गडगडे भन्ने ठाउँमा भएको झ,डपमा शाहीको टोलीका केहि सदस्य र केहि गाउँले घा,ईते भए । शाहीको टोलीलाई तत्कालै अस्प,ताल भर्ना गरियो र सामान्य उपचार तथा मापसे चेकजाँच पनि गरिएको पाईएको छ।
शाहीको टोलीमाथि खोलामा तार जाली र ढुंगाको काम गरिरहेका स्थानीय मजदुर युवाहरूसङ्ग अपशब्दसहित दु,ब्र्य,वहार गरेको आ,रोप लाग्यो। उनीहरुले मापसे गरेर आफूहरूमाथि दु,ब्र्य,वहार गरेको ति युवाहरुले आरोप लगाए ।
तर, शाहीको टोलीले भने नियोजित रुपमा आफुहरु माथि आ,क्र,मण गरिएको जनाएको छ । आफुहरु मापसे पनि नगरेको र आफनोतर्फवाट आ,क्र,मण पनि नभएको शाहीले दावी गरे । अस्पतालमा गरिएको मापसे चेकमा पनि आफुहरुले मादक पदार्थ सेवन नगरेको पुष्टि भएको उनले वताए ।
‘पहिलो कुरा त मैले आजसम्म मापसे गरेको छैन। मदिराको स्वाद नै थाहा नभएको मान्छेलाई मापसेको आरोप लगाउनु नै गलत हो’ उनले भने–‘त्यसमाथि त्यस दिन हामीले मापसे नगरेको प्रमाणित गरेर चिकित्सकले दिएको सर्टिफिकेट हामीसँग छ ।’
यति मात्र होईन, घट,नापछि स्थानीय प्रहरी कार्यालयमा भएको छलफलमा घट,नामा संलग्न युवाहरुले आफ्नो गल्ति स्विकार गरेको शाहीले जानकारी दिए । उनीहरुले आफ्नो गल्ती स्वीकार गरेपछि माफी दिएको शाहीको भनाई छ ।
घट,नामा संलग्न युवाहरु टंक, ललित गाहा, नवराज गिरीसहित ५ युवाले आफूले गल्ती गरेको र मापसे गरेको सुरमा यस्तो कार्य गरेको वताएपछि उनीहरुलाई माफी दिएको शाहीको भनाई छ। युवाहरुले माफी मागेको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।