
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
प्रहरी नायब उपरीक्षक भण्डारीले विभागिय मुल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारी, डीएसपी भण्डारी, प्रहरी निरीक्षक प्रेम रेग्मी र नायब निरीक्षक गगन शाहीको ‘टिम वर्क’ ले जिल्लामा भएका ठुला तथा जघन्य अपराधको घटनाको अनुसन्धान सत प्रतिशत सफल हुँदै आएको छ ।
पढौं कपिलवस्तु प्रहरीले गरेका केही उत्कृष्ट अनुसन्धानस् ‘मिस फायर नहुने’ कपिलवस्तु प्रहरीको अनुसन्धान जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान अधिकृतको भुमिका रहेका भण्डारी अनुसन्धानमा दखल राख्ने व्यवसायिक प्रहरी अधिकृतका रुपमा संगठनमा परिचित छन् ।
साथै विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले डिएसपी धर्मराज भण्डारीलाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।