
कपिलवस्तु : जिल्लाको विजयनगर गाउँपालिका १ स्थित मध्यनगरमा सशस्त्र प्रहरीले डुबानमा परेका ६ बालबालिकाको उद्धार गरेको छ ।
अरुवा खोलाको बीच भागबाट सशस्त्र प्रहरीले उनीहरूलाई उद्धार गरेको हो । गाईवस्तु चराउन भनी गएका उनीहरू अरुवा खोलामा पानीको बहाव बढेसँगै खोलाको बीच भागमा अलपत्र परेका थिए ।
बालबालिका फसेको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट जवावैराथबाट खटिएको सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा जुटेको थियो ।
Facebook Comments Box