छुट्टी मनाउन घर गएका नेपाली सेना जवान प्रदीप भट्टराई मोटर साइकल दुर्घ-टना बाट नि,धन

पोखरा। तनहुँको शुक्लागण्डकी नगरपालिका ७ मालेबगरमा भएको दुर्घ,टनामा परी नेपाली सेनाका जवान प्रदीप भट्टराईको मृ,त्यु भएको छ ।

पोखरा महानगरपालिका बडा न.२४ कास्किकोट घर भै हाल झापाको २१ नम्बर बाहीनीमा कार्यरत भट्टराई सवार मोटरसाइकल दु’र्घ’टना भएको हो ।

छुट्टिमा घर आएका भट्टराई लकडाउनका कारणले लामो समय घरमै बसेका र आज कार्यलयमा हाजिर हुनका लागि मोटरसाईकलबाट झापा जाँदै थिए ।

यो पनि पढ्नुहोस:

प्यूठानमा अविरल वर्षापछि आएको बाढीले झिमरुक नदीमा निर्माणाधीन पुल भत्काएको छ । जिल्लाको ऐरावती गाउँपालिका–१ माझीदमार र अर्घाखाँचीको शीतगंगा–७, चिउरेखोला जोड्ने निर्माणाधीन मोटरेवल पक्की पुल भत्काएको हो ।

कपिलवस्तुको बनगाई–मनोहरापुर सडक खण्डअन्तर्गत खुटेनीमा अविरल वर्षाले भत्किएको पक्की कजवे। तस्बिर स् मनोज पौडेलरकान्तिपुर
चार दिनअघि ढलान भएको पुल बगाएको ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले बताए । ‘खोलाले टेका बगाएपछि पुल भत्किएको हो,’ उनले भने, ‘७० मिटर लम्बाइको पुलको ३५ मिटर स्ल्याब भाँचिएको छ ।’

७ करोड १२ लाख रुपैयाँमा निर्माण सम्झौता भएको पुल छिट्टै सञ्चालनमा ल्याउने तयारी थियो । संघीय सरकारबाट विनियोजित रकमबाट डबल स्पानको ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीले जानकारी दिए । आर्थिक वर्ष ०७४र७५ मा ठेक्का सम्झौता भएको उक्त पुलको हस्तान्तरण असार २८ गते पूरा हुँदै छ ।

चार दिनदेखिको अविरल वर्षाले कपिलवस्तुको बनगाई–मनोहरापुर सडक खण्डअन्तर्गत खुटेनीमा रहेको कजवे भत्किएको छ । यसले आवतजावत ठप्प बनेको छ । वाणगंगामा निर्माण गरिएको कजवेको उत्तरतिरको १० मिटर भाग भत्किएर नदीमा खसेको छ । कजवेको छेउछाउबाट अनियन्त्रित रूपमा गिट्टी, बालुवा निकाल्दा जग कमजोर बनेको थियो । ‘उत्तरतिर बहाव बढी थियो,’ स्थानीय विकास खड्काले भने, ‘त्यतैतिर क्षति गर्‍यो ।’

संरचना आसपासबाट नदीजन्य पदार्थ निकाल्दा विवाद भएको थियो । कजवे जीर्ण बनेको थियो । मर्मतसम्भारका लागि बेवास्ता गरिएको थियो । कजवे भत्किँदा खुटेनी, मनोहरापुर, कोइली बनगाई र लक्ष्मणघाटका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । पूर्व–पश्चिम राजमार्ग आवतजावत गर्न ३ देखि ५ किमि घुमेर जानुपर्ने अवस्था आएको स्थानीय रामु पौडेलले बताए । चार वर्षअघि नीलगिरी जेभी कन्स्ट्रक्सनले ३ करोड बढी लागतमा कजवे निर्माण गरेको थियो । करिब १ सय मिटर लामो कजवे ६ मिटर चौडा रहेको छ ।

अर्घाखाँचीमा पहिरोले अवरुद्ध सन्धिखर्क–गोरुसिंगे सडक खण्ड बिहीबारबाट सञ्चालनमा आएको छ । जिल्लास्थित मुख्य सडकका विभिन्न ठाउँमा बाटोमाथिबाट पहिरो खसेर अवरुद्ध भएका छन् । सन्धिखर्क–प्यूठान, सन्धिखर्क–तम्घास सडक पहिरो खसेर अवरुद्ध छन् । यातायात सुचारु छैनन् । शीतगंगा नगरपालिकाका १४ वटै वडाका सडक अवरुद्ध भएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडक अवरुद्ध छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× eight = forty eight