
सिन्धुपाल्चोक : मेलम्चीका बाढी पिडितलाई राहत र सहयोग लिएर कल्पना दाहालको टोलि अहिले मेलम्चीमा छ। लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बाढी पहिरोले बस्न खान दिरहेको छैन ।
करिब २/३ हजार मानिसहरु यस पानीले प्रभावित भएका छन् भने धेरै घरहरु बिस्थापित हुन पुगेका छन् । मेलाम्चिदेखी बाजुरासम्म र चितवन देखि गुल्मीको रिडी कालिगण्डकीसम्म अहिले भेल बगिरहेका छन्।
यो पनि पढ्नुहोस: सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन भएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोलामा २० दिनदेखि अवरुद्ध टेलिफोन सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको हो ।
भोटखोलाको अवरुद्ध टेलिफोन सेवा २० दिनपछि पुनः सञ्चालन भएको दूर सञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका थिए ।
अवरुद्ध टेलिफोन सेवा लामो प्रयासपछि आज बिहान १०ः०० बजेदेखि पुनः सञ्चालन भएको सूचना अधिकारी मोक्तानले बताए । मकालु गाउँपालिकाको भाटभटेनीको रेडियो डिभाइसमा खराबी देखिएपछि भोटखोलाको माक्पालुङको टावरमा लिङ्क नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको उनले बताए । दुर्गममा यातायातको नचल्ने भएका कारण पैदल जानुपर्ने भएकाले तत्कालै मर्मत गर्ने नसकिएको सूचना अधिकारी मोक्तानले जानकारी दिए ।