मन्त्री मनाङेलाई बधाई दिन एन्फा अध्यक्ष शेर्पाको टोली पोखरामा !

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा सहितको टोलीले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीलाई बधाई दिएका छन् ।
अध्यक्ष कर्मासँगै केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठ, विजय घले, रुपेश अधिकारी लगायतको टोली बधाई दिन सोमबारलमुख्यमन्त्री कार्यालय पुगेको हो ।

टोलीले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली) लाई भेट गरी बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटका अवसरमा मुख्यमन्त्रीसँग प्रदेशको फुटबल विकासका लागि कुराकानी भएको जनाइएको छ ।

साथै पोखरा रंगशालामा फल्ड् लाईटसँगै साइड स्क्रिन राख्न मुख्यमन्त्रीसँगै योजना आयोगका प्रमुखहरुलाई भेटेर आग्रह समेत गरेको बताईएको छ ।

यसै विच अध्यक्ष शेर्पाको टोलीले प्रदेशका विना विभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे) सँग भेटेर बधाई दिदै सामान्य कुराकानी गरेको मन्त्री गुरुङका सहयोगी रोनित गुरुङले सिटिपोखरा डट कमलाई जानकारी दिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

76 + = seventy eight