गण्डकी मात्रै होइन केपी ओलीलाइ देशभर पत्तासाप गरिन्छ: नव नियुक्त मन्त्री दिपक मनाङ्गे

काठमान्डौं । गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले विश्वासको मत लिदै गर्दा मुख्यमन्त्रीलाइ सहयोग गरेर गण्डकी सरकार परिवर्तन गरि एमालेलाइ धुलो चटाउन सफल भएका नव नियुक्त मन्त्री राजिव गरेुरुङले फेरि अर्को धारणा राखेका छन । उनले प्रधानमन्त्री केपी शर्मा वलीलाइ गण्डकी बाट मात्रै नै देशभर बाट पत्तासाप गर्ने घोषणा गरेका छन ।

गण्डकी प्रदेशका स्वतन्त्र सांसद तथा हाल प्रदेश मन्त्री दिपक मनाङ्गे उर्फ राजिव गुरुङ यति वेला चर्चमा हुनुहुन्छ । पहिले गुण्डाको रुपमा चर्चित माननिय दिपक गुरुङले गण्डकी प्रद्रशमा सरकार परिवर्तन गर्न मन्त्री बाटै राजिनामा दिएर सत्ता पक्षलाइ छोडेर गठबन्धनमा लागेका थिए । निर्णायका भुमिकामा रहेका गुरुङले सत्ता पक्ष छोडेपछी पृथ्वी सुब्बा गरुङले विस्वासको मत गुमाएका थिए ।

सत्ता पक्षलाइ छोडेर विपक्षी गठबन्धनमा लागेदेखि गठबन्धन समर्थक वा अग्रगामी शक्ति उनलाइ नेताको रुपमा देख्न थाले भने सत्ता पक्षकाले भने नराम्रो नजरले हेर्न थालेका छन । यद्यपी यतिबेला उनले जनताको स्याबासी नै पाएका छन र साँच्चै राम्रो काम गरेको प्रतिकृया दिएका छन ।

सत्तारुढ दल एमालेको केपी समुहका पुर्व मुख्यमन्त्रीले पृथ्वी सुब्बा गुरुङले नै सत्ता टिकाउनको लागि उनलाइ युवा तथा खेलकुद मन्त्री बनाएका थिए । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा वलीले प्रतिनिधी सभा विघटन गरेझै प्रदेशमा पनि त्यही हल्ला चलेपछि उनले सत्ता पक्षलाइ छोडेर गठबन्धनमा लागेका हुन ।

गठबन्धनमा सहभागि भएपछि बिपक्षी गठबन्धनका तर्फ बाट कांग्रेषका कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीमा नियुक्त भएका छन भने मनाङ्गे पनि मन्त्रीमा नियुक्त भएका छन । त्यसपछि एकैपटक नेताको रुपमा देशभर चर्चामा आएका उनले केपी वली प्रति रुष्ट हुदै वली यो देशको संविधान माथि नै प्रहार गर्ने खलनायक भएको वताएका छन र उनले ठाउँ ठाउए वलीको टिप्पनी गरिरहेका छन । उनको टिप्पनीको सार भने प्रतिनिधी सभा विघटन गर्नु जनमतको अपमान गर्नु थियो र त्यसकै वरिपरि रहेर उनले वली प्रति नकारात्मक धरणा बनाएका हुन ।

उनले अब वली देशभर बाटै पत्तासाप हुने निश्चित भएको र इतिहासमा उनको नाम काले अक्षरले लेखिने धारणा राखेका छन । यसअघी पनि उनी वली प्रति निकै कडा टिप्पनी गरेर चर्चामा आएका थिए ।

पछिल्लो पटक उनले प्रधानमन्त्री केपी शर्मा वलीको स्वास्थ्य सम्बन्धी टिकाटिप्पनी गरेका थिए जसको केपी समैथकले चर्को विरोध गरेका छन । उनले केपी वलीका मृगौला नभएको मान्छेको पछि लाग्नेहरुको दिमाग नै छैन क्या भनेका थिए ।

विपक्षी गठबन्धनमा लागेर मनाङ्गीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसंग जोडेर टिप्पणी गरेका छन् । प्रदेश प्रमुख निवास अघि धर्ना बसेका मनाङेले शनिवार प्रधानमन्त्री ओली दुईवटा किड्नी नभएको मान्छे भएकाले उनको साथ छोड्न आग्रह गरेका थिए ।

धर्नामा बसेका मनाङेले भनेका छन, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचे ।’

मनाङेको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ । कतिपयले प्रधानमन्त्री ओलीमाथी छुद्र टिप्पणी गरेको भन्दै उनको आलोचना गरेका छन् । यस अघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए । सरकार ढल्ने अवस्था आएपछि उनी विपक्षी गठवन्धनमा सामेल भएका हुन् । उनी अहिले भौतिक योजना तथा पुर्वाधार मन्त्री भएका छन ।

केपी वलीका समर्थकले उनका टिप्पनीहरुमा भने विरोध गरेका छन भने उनलाइ गुण्डाको स्थानमा राखेर सामाजिक संजालहरुमा कमेन्ट गरेका छन । वलीको साथ छाडे गठबन्धनमा गएकै कारण यस्तो टिकाटिप्पनी भएको त सबैलाइ छर्लङ्ग छ किन भने यहि नकारात्मक कमेन्ट गर्नेहरुले नै हिजोका दिनहरुमा उनैले युवा नेता जुझारु नेता भनेर फुलमालाले स्वागत गरेका थिए ।

उनलाइ केपी समर्थकले गुण्डा जस्ता नराम्रा शब्दहरु प्रयोग गेरेर कमेन्ट गरेपछि उनले प्रधानमन्त्रीको विगतको इतिहास पढ्न आग्रह गरेका छन । उनले भनेका छन मलाइ पुर्व गुण्डा भन्नेहरुले १४ वर्ष जेल बसेकालाइ के भन्नुहुन्छ रु मानिसको वर्तमान अवस्थामा विगत जोडिए पनि मैलै कुनै पनि गुण्डा गर्दि नगरेको दावी गरेका छन ।

समस्याहरु आउदा प्रतिकार गर्नु र त्यसको सामाना गर्नु त्यसलाइ गुण्डा नभनी क्रान्ती र रक्षात्मक भुमिका भनिन्छ जुन अहिले सरकार परिवर्तनमा पनि त्यही क्रान्ति हो जहाँ अग्रगमन र प्रतिगमनको लडाइ थियो र त्यसमा मेरो भुमिका यो देशको कानुनको संविधानको रक्षा गर्नु भयो र मैले परिवर्तनकारी शक्तिको कित्ता रोजेको मात्रै हो ।

उहाँले भन्नुभयो म एक जनाले गर्दा संविधानको रक्षा हुन्छ, देश र जनताको जित हुन्छ भने मैले मन्त्री त के ज्याने दिन पनि तयार हुनुपर्थ्यो तर त्यो अवस्था मन्त्री त्यागेर गठबन्धनको समर्थन गरे पुग्थ्यो र मैले त्यो भुमिका निभाए यसमा त्यति ठुलो काम गरे जस्तो त लाग्दैन । पछिल्लो पटक देश वर्वाद पार्ने बाटोमा केपी शर्मा वली लागेकोले उहाँ प्रति सारा नेपाली रुष्ट छन र उहाँकै समर्थकहरु धमाधाम साथ छोड्दै छन ।

उहाँका विगतका इतिहास पनि त्यति राम्रो त होइन तर पनि जनताले नेता मानेका थिए तर सत्ता स्वार्थको लागि देश र जनतालाइ वर्वाद पार्दै जे पनि गर्न खोज्ने, देशका संविधान कानुन सबै उल्लङघन गरेर प्रतिगमन कदम चाल्नु नै उहाँको पतन शुरु हुनु हो ।

पछिल्लो चरणमा केपी शर्माको स्वास्थ्य संग सम्बन्धित अभिव्यक्ति दिएको ले उनलाइ कार्वाहीको लागि माग भएको छ । प्रधानमन्त्रीको किड्नी सम्बन्धी अभव्यक्ती समाजिक संजालमा भाइरल भएपछि राष्टिय खेलकुद परिषदले विज्ञप्ती निकाले र कार्वाहीको लागि माग गरेका हो ।

विपक्षी गठबन्धनमा लागेर मनाङ्गीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसंग जोडेर टिप्पणी गरेका छन् । प्रदेश प्रमुख निवास अघि धर्ना बसेका मनाङेले शनिवार प्रधानमन्त्री ओली दुईवटा किड्नी नभएको मान्छे भएकाले उनको साथ छोड्न आग्रह गरेका थिए ।

धर्नामा बसेका मनाङेले भनेका छन, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचे ।’ उक्त अभिव्यक्ति अमर्यादित , अशोभनिय तथा लाञ्छनायुक्त र निन्दनिय भएको भन्दै कार्वाहीको माग गरेका थिए तर उनले माग राख्ने मध्य केहीलाइ रक्सीमा विक्ने जस्ता प्रतिकृया दिएका थिए ।

मुख्यमन्त्री नियुक्त हुदा जस्तो रोल खेलेका थिए आज फेरि मुख्यमन्त्रीले विस्वासको मत लिने वेला पनि उनको भुमिका उत्तिकै हुन्छ । सरकार लेरवदल हुनु र केपी वलीलले प्रतिगमनको बाटो रोज्नु नै राजिव गुरुङको लागि चर्चामा आउने सायद जुरेको जस्तो देखिन्छ ।

गण्डकीका मुख्यमन्त्री नेपालीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनी एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यसरी बन्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जेठ २७ मा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा पोखरेल मुख्यमन्त्री भएका थिए ।

शुक्रबार बिहान ११ बजे प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाउँm भन्दै प्रस्ताव राख्नेछन । गठबन्धनको सरकार भएकाले उनीसँगै नियुक्त चार मन्त्रीको जिम्मेवारी पनि तोकिएको छैन । साथै असार १ मा ल्याइएको बजेटमाथि प्रदेशसभामा छलफल पनि अघि बढाइएको छैन । नेपालीले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार र बजेट छलफललगायत काम अघि बढाउने बताउँदै आएका छन् । त्यसैले उनले मुख्यमन्त्रीमा नियुक्त भएको एक साताभित्रै विश्वासको मत लिन लागेका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा अहिले ५९ सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ३० सांसदको मत आवश्यक पर्छ । यसअघि ३१ सांसदको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई सांसद पदबाट हटाएपछि प्रदेशसभामा अहिले ५९ सांंसद छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty three − = forty six