कार-बाही गरेको नेतालाई पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी केन्द्र

काठमाडौं । एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर आयोगले का,र,बा,ही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले बताए ।

‘बाटो बिराएका जनप्रतिनिधिहरुलाई का,र,बा,ही गरिएको पत्र आयोगमा दर्ता गरेका थियौं । तर अहिलेसम्म आयोगले सूचना जारी गरेन’, पोखरेलले भने । विधानसम्मत प्रक्रिया पूरा गरेर का,र,बाही गरिएकालाई पदमुक्त नगरिएपछि यसबारे ध्यानाकर्षण गराएको उनले बताए ।

तर प्रमुख आयुक्त दिनेश थपलियाले भने पदमुक्त गर्न आवश्यक कागजात नपुगेको बताएका थिए । केन्द्रीय कमिटीले कारबाही गरेको भनिए पनि प्रतिलिपी नआएकाले नेतालाई कारबाही गरिएको सूचना सार्वजनिक नगरेको उनले बताएका थिए ।

नेता पोखरेलले भने केन्द्रीय कमिटीले कारबाही गर्ने अधिकार अध्यक्षलाई दिएकाले कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । माओवादी छोडेर एमाले प्रवेश गरेका १८ जना बढी जनप्रतिनिधिलाई कारबाही गरिएको उनले बताए ।

आयोगले सूचना जारी नगरेसम्म जनप्रतिनिधि पदमुक्त नहुने कानुनी व्यवस्था छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× nine = 54