रेखा थापाको प्रश्न: राप्रपा वयस्क र रिटायर्डहरुको सरोकार समूह मात्र हो ?

काठमाडौं । राप्रपाको केन्द्रीय विशेष समितमा महिला र युवाको प्रतिनिधित्व हुन नसकेको भन्दै अभिनेत्री रेखा थापाले असन्तुष्टि जनाएकी छन्। राप्रपाकी केन्द्रीय सदस्यसमेत रहेकी थापाले कुन चाँही राप्रपा नाम मात्रको पार्टी हो ? कुन चाँही व्यवहारमा बयस्क र रिटायर्डहरुको सरोकार समूह मात्र हो ? कुन राप्रपा हामी सबैको होरुु, भन्दै प्रश्न गरेकी छन्।

राप्रपाको नवगठित केन्द्रीय समितिबारे असन्तुष्टिका स्वर आइरहेका बेला थापाले यस्तो बताएकी हुन्।

थापाले नेतृत्वप्रति प्रश्न गर्दै भनेकी छन्, : “त्यो राप्रपा जो महिलालाई बहिष्करणको नमुना देखाउँछ, मजदुर, किसान, श्रमिक र युवासँग डराउँछ, विरासतको रुपमा राजनीतिलाई कोठे बनाउँछ, बहसमा उत्रिदैन सम्झौतावादी राजनीति गर्छ, अवैज्ञानीक रुपमा पार्टी सन्चालन गर्छ, आत्मसुरक्षा भन्दा अरु सोच्दैन र सधैं रक्षात्मक सोचले ग्रस्त हुन्छ, जनप्रीय मान्छे लत्याउने र आर्थिक हैषियतमा निर्णय गर्दछ।”

“कुन चाँही राप्रपा वैकल्पिक शक्ति बन्ने हो र कुन चाँही राप्रपा मौलिक रुपमा सबैको पार्टी होरुु, भन्दै उनले सोधेकी छन्।”

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one + 8 =