
काठमाडौँ । इमेज टेलिभिजनको उकाली(ओराली कार्यक्रमकी प्रस्तोता रूपा सुनारलाई सानो जात भनी कोठा नदिने घरबेटीलाई आज (आइतबार) बिहान आफ्नै घरबाट प्र’काउ गरेकी छन् । ति महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ११ की घरबेटी सरस्वती प्रधानले कोठा भाडामा दिने मन्जुर भइसकेपछि अन्तिममा द,लित भन्ने थाहा पाएपछि भाडामा दिन अस्वीकार गरेकी थिइन । रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रह,री वृत्त,मा जाहेरी दिएकी थिइन्।
प्रहरीले घरबेटीवि,रुद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो ।
‘सुनार’ अर्थात् द,लित समुदायको भएको थाहा पाएपछि उनलाई घरबेटीले कोठा भाडामा दिन अस्वीकार गरेकी हुन् । ती घरबेटीले तिमीहरूलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै जातीय विभेद गरेको पाइएको हो ।
आफ्नी आमासँग बस्दै आएकी रूपा गत मङ्गलवार बबरमहलमा कोठा खोज्न गएकी थिइन् । आफ्नी साथीले देखाउन लगेको कोठा रूपालाई मन परेको थियो। सुरूमा घरबेटीले कोठा दिने कुरा गरेकी थिइन्। भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन् । त्यसपछि भने घरबेटीले कोठा नदिएकी हुन्।