
पोखरा । गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ दिपक मनाङेको बेलगाम अभिव्यक्तिप्रति एमालेले सरकारको धारण सार्वजनिक गर्न माग गरेको छ ।
आजको प्रदेश सभामा बोल्दै सांसद मायानाथ अधिकारीले मन्त्री मनाङेको अभिब्यक्तिबारे सरकारले धारणा सार्वजनिक गर्न माग गरेका हुन् ।
मन्त्री मनाङेले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर आपत्तिजनक टिप्पणी गरेका थिए ।
‘यो दुईवटै किडनी नभएको मान्छे हो अरुको त किड्नी छनि यार,’ मनाङेले भनेका थिए ।
Facebook Comments Box