
काठमाडौं । नेपाल प्रहरीले १६ डिआइजी र १५ एसएसपीको एकैपटक सरुवा गरेको छ । एक वर्षमा हुनुपर्न सरुवा कोरोना महामारीका कारण १४ महिनामा भएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोमा २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहलाई पठाइएको छ ।
उनको ठाउँमा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख डिआइजी मुकुन्दराज आचार्यलाई पठाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका सहकुलबहादुर थापालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालय नक्साल सरुवा गरिएको छ ।
कसको कहाँ सरुवा ? हेर्नुस् सूची:SSP_transfer_2078_03_07 (2)
Facebook Comments Box