माओवादी केन्द्रले निर्वाचन आयोगलाई दियो निष्कासनको जानकारी !

काठमाडौं । नेकपा माओवादी केन्द्रले दल त्याग गरेका नेतालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको छ। माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालका अनुसार १७ केन्द्रीय सदस्य र १४ जनप्रतिनिधिलाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको हो।

आज बसेको केन्द्रीय समितिको बैठकले औपचारिकरुपमा उनीहरुलाई कारबाही गरेको थियो।

सो निर्णयको माइन्यूटसहित दल दर्ता किताबमा रहेको विवरण सच्याउन आयोगमा पत्र पठाएको ढकालले बताए।

रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, टंक अङवुहाङ, दधिराम न्यौपाने लगायतका केन्द्रीय नेतालाई माओवादीले कारबाही गरेको पत्र पठाएको हो।

यस्तै दुई मेयरसहित १४ जना जनप्रतिनिधिलाई माओवादीले निस्कासन गरेको थियो।

दल त्याग गरेका उनीहरुको पद रिक्त गराउन आयोगमा पत्र पठाइएको हो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + one =