
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन्। चितवनमा माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताए।
प्रचण्डले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमनसमेत गरेका छन्। उनले भरतपुर महानगरपालिका वडा नम्बर २६ को सिसई क्षेत्रको अनुगमन गरे।
प्रचण्डले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफूले यसको विस्तृत गुरूयोजना बनाई काम अगाडि बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल गरिरहेको बताए।