
काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्ना १९ दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्। उनले आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमाफृत १९ दिनमा चारवटा उपलब्धि हासिल गरेको दाबी गरेका छन्। गत २७ जेठमा नियुक्त भएका २० जना मन्त्रीलाई काम का,र,बाही गर्न नदिन सर्वोच्च अदा,लतले मंगलबार अन्तरिम आदेश दिएपछि उनी पनि पदमुक्त भएका हुन्।
उनले कोभिड नियन्त्रणमा आफूले इमान्दार प्रयत्न गरेको बताएका छन्। उनले नेपालमा कोरोनाविरुद्धको खोप ल्याउनेसम्बन्धी सबै प्रक्रिया भइसकेको दाबी पनि गरेका छन्।
केही दिनमै खोप आउने सुनिस्चित भइसके पनि पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो भए र नेपाली नगरिकको जीवनमाथि नै तलमाथि भए त्यसको नैतिक जिम्मेवारी आफूले लिने उनको भनाइ छ।
राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको पनि बताएका छन्।
सबै नेपाली जनताको निःशुुल्क उपचार गर्नेसम्बन्धमा प्रारम्भिक छलफल पनि सुरु भइसकेको उनले बताएका छन्। उनले गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागिसमेत पहल सुरु गरेको उल्लेख गरेका छन्।
फेसबुकमा उनले यस्तो लेखेका छन्ः