भरतपुर महानगरपालिकाको बजेट चार अर्ब ८१ करोड

चितवन । भरतपुर महानगरपालिकाको बिहीबार सम्पन्न नवौं नगरसभाले आउँदो आर्थिक वर्ष ०७८/७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।

महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले पेस गरेको यो बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै तीन करोड रुपैयाँ कम हो । आउँदो वर्ष आन्तरिक आय एक अर्ब २० करोड रुपैयाँ पुर्‍याउने बजेटमा उल्लेख छ ।

यो आर्थिक वर्षको असार पहिलो हप्तासम्म महानगरको आन्तरिक आम्दानी ९५ करोड रुपैयाँ रहेको उपमेयर ठकुरीले जानकारी गराइन् । चालू आर्थिक वर्षका लागि चार अर्ब ८४ करोड दुई लाख ८२ हजार रुपैयाँको बजेट पेस भएको थियो । जसमध्ये असार पहिलो हप्तासम्म चालू खर्चमा ६२ दशमलव ४ प्रतिशत र पुँजीगत तर्फ ३९ प्रतिशत रकम खर्च भएको शाहले बताइन् ।

‘यस वर्षको नीति तथा कार्यक्रममा महानगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्रथामिकतामा राखिएको छ’ नवौं नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दा महानगरपालिकाका मेयर रेनु दाहालले भनेकी थिइन् ।

कोभिड–१९ को नियन्त्रण तथा प्रभावकारी उपचारका लागि महानगरपालिकामा एक करोड ९० लाख रुपैयाँको कोष राख्ने पनि बजेटमा भनिएको छ ।

कोरोनाले पारेको प्रभावलाई ख्याल राखेर चालू आर्थिक वर्ष कुनै पनि करमा जरिवाना नलिने मेयर दाहालले बताइन् । भरतपुर महानगरपालिकाको नीति तथा कार्यक्रमा अनि बजेटमा कृषि र पशुपालनको क्षेत्रमा अनुदानको व्यवस्था गरिएको छ ।

यसका लागि साढे तीन करोड रुपैयाँ विनियोजन गरेको बजेटमा उल्लेख छ । बजेटमा प्रथामिकता भने पुर्वाधार र सहरी विकासलाई दिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty five ÷ = 5