माधव नेपालको टिप्पणी : ‘निर्वाचनको घोषणा गर्नु ओलीको अंहकार मात्रै’

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मध्यावधी निर्वाचन घोषणा गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको अंहकार मात्रै भएको टिप्पणी गरेको छन् ।

आज सम्पादक एवम् पत्रकारहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता नेपालले संसद र जनताको जीवन समृद्ध बनाउनु पर्ने बेलामा निर्वाचन घोषणा गर्न नहुने समेत उनले दाबी गरे ।

“जनताको चेतना प्रखर भएको छ । सुशासनको प्रत्याभूति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई समृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अंहकार मात्रै हो । यो कोर्स करेक्सन गरौँ । त्रुटि कमजोरी हुनसक्छन् सुधार गर्न सकिन्छ ।” नेता नेपालले भने ।

त्यसैगरी संसद विघटन गरेर प्रधानमन्त्री ओलीले गल्ती गरेको बताउँदै उक्त कुरा सुधार गरेर आए त्यसलाई स्वागत गर्न सकिने बताए ।

देश अहिले गम्भीर मोडमा आएको बताउँदै त्यसको रक्षा गर्ने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीहरुको भएको बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + one =