विपन्नलाई स्थानीय युवाले बनाइदिए घर

झापा । २५ बर्षको उमेरमा तीन छोरीकी आमा बनेपछि पति समेत गुमाएर कष्टकर जीवन बिताइरहेकी झापा कमल ५ टुकुरे गाउँकी संगीता राईलाई स्थानीय युवाले घर बनाई दिएका छन् ।

उनका लागि स्थानीय युवाले जस्ता पाता र काठले बनेको नयाँ घर बनाई दिन थालेका हुन् । उनका पति पुष्प राईको एक वर्ष अघि रतुवा खोलामा डुबेर मृत्यु भएको थियो । उनी गरिबीका कारण घाम पानी छिर्ने जीर्ण घरमा तीन नाबालक सन्तानसहित बस्दै आएकी थिइन ।

स्थानीय नेता हुकुमसिंह राईको नेतृत्वमा संगीताको सुरक्षित बसोेबासका लागि घर निर्माण थालेको र सो घर ५० प्रतिशत सकेका बताइएको छ ।

असहाय तथा विपन्न नागरिकहरुका लागि सरकारले विभिन्न किसिमका सुरक्षित आवासका कार्यक्रमहरु ल्याए पनि संगीताले घर पाउन सकेकी थिइनन ।

संगीताको कतै पहुँच नहुँदा करिब ६र७ वर्षअघिदेखि उनको परिवार त्यहाँ छरछिमेक र सहयोगी दाताहरुको भरमा गुजारा चलाउँदै आएको उनकी छिमेकी स्थानीय शान्ता चेम्जोङ ९देवान०ले बताइन ।

उनका लागि अन्य सामान्य सरसहयोग गर्नेहरु आए पनि सुरक्षित घरको अभावमा दाताहरुले दिएको सहयोगसमेत आफनो घरमा लगेर थन्क्याउनु पर्ने अवस्था रहेकोले कम्तीमा घाम पानी नपस्ने सुरक्षित घरको आवश्यकता खडकिएको शान्ताले बताइन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety six ÷ 24 =