हेलिकप्टर बाट गृह जिल्ला पुगेका मुख्यमन्त्रीलाई कालो झण्डा !

कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृह जिल्ला कालिकोटमा कालो झण्डा देखाइएको छ । नेकपा एमाले निकट युवा विद्यार्थीले कालो झण्डा देखाउँदै विरोध गरेका हुन् ।

मुख्यमन्त्री शाहीसँगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही बुधबार ९हिजो० मात्रै स्थानीय तहको बजेट ल्याउने कार्यक्रममा सहभागी हुन कालिकोट पुगेका थिए ।

अनेरास्ववियु, नेपाल राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले कोरोना महामारीमा हेलिकप्टर चढेर सरकारी बजेटको चरम दुरुपयोग गरेको भन्दै विरोध जनाएका हुन् । कालिकोटको मान्म बजारमा उनीहरूले बिहीबार दिउँसो २ बजेतिर चर्को विरोध गरेका थिए ।

विरोध प्रदर्शन गर्ने अनेरास्ववियु कालिकोटका संयोजक धर्म शाही, सह-संयोजक मीनराज न्यौपाने र राष्ट्रिय युवा संघ कालिकोटका अध्यक्ष ज्ञानेन्द्र शाहीलाई प्रहरीले केही बेर नियन्त्रणमा लिएर छोडेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रवक्ता भूपेन्द्र शाहीले जानकारी दिए । मुख्यमन्त्री शाहीको टोली आज वीरेन्द्रनगर फर्किने कार्यतालिका रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = six