विपद् जोखिम नियन्त्रणमा सक्रिय हुन प्रहरी महानिरीक्षकको निर्देशन

काठमान्डौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्भावित बाढी, पहिरो, डुवानजस्ता मनसुनजन्य विपद् जोखिम न्युनिकरणमा सक्रियतापूर्वक लाग्न प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको छ ।

उहाँले प्रहरी अधिकृतले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम, निषेधाज्ञा कार्यान्वयनमा पनि सक्रियतापूर्वक लाग्न आग्ह गर्नुभयो ।

हालै सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलाई आज प्रहरी प्धान कार्यालमया आयोजित समारोहमा निर्देशन दिँदै उहाँले जनशक्ति तथा साधन स्रोतको उचित व्यवस्थापन गरी प्रकोप नियन्त्रणमा ध्यान दिन आग्रह गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापाले आफू मातहत प्रहरी कर्मचारीको मनोवल उच्च बनाउन, उनीहरुको गुनासो सुनुवाइको व्यवस्थापन, अनुगमन तथा निरीक्षणमा विशेष ध्यान दिन पनि अनुरोध गर्नुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy four − 72 =