
काठमान्डौं । नेपाली सेनाले मनाङको घट्टेखोलामा अस्थायी काठेपुल निर्माण गरेको छ । केहि दिनदेखिको अविरल वर्षापछि आएको बाढीले चामे गाउँपालिका–३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलामा पुल बगाएपछि सो ठाउँमा काठको पुल बनाइएको हो ।
नेपाली सेनाले नेपाल प्रहरीको सहकार्यमा अस्थायी काठेपुल निर्माण गरेको जानकारी दिएको छ । पुल निर्माण सम्पन्न गरेपश्चात स्थानीय बासिन्दालाई आवतरजावत गर्न सहज भएको सेनाले जनाएको छ ।
असार पहिलो साता बाढीले मनाङका विभिन्न भौतिक पूर्वाधारमा क्षति पुर्याएको थियो ।
यसअघि पनि सेनाले चामे गाउँपालिका–४ स्थित स्याकु खोलामा दुई वटा पुल निर्माण गरिसकेको छ ।
Facebook Comments Box