
विराटनगर । एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) अनिता कुमारी चौधरी जेठ महिनामा तालिम केन्द्रको उत्कृष्ट प्रहरी घोषित भएकि छन् ।
एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्रले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।
असई चौधरीले प्रहरी जवान आधारभूत तालिम ४-१३८ औं समूहमा प्रशिक्षकको रुपमा खटि उक्त समूहमा प्रशिक्षणरत ठूलो संख्यामा रहेको महिला प्रशिक्षार्थी प्रहरी कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षण व्यवस्थापनमा विशेष योगदान पुर्याएकि छन् ।
पदीय दायित्व लगनशील र अनुशासित भई प्रशंसनिय ढंगले सम्पादन गर्नुको साथै तामिल केन्द्रमा कार्यरत महिला प्रहरी कर्मचारीहरुलाई कुशल नेतृत्वदायि भूमिका निर्वाह गरेको हुँदा उनले सम्पादन गरेको उत्कृष्ट कार्यको मूल्यांकन गर्दै असई चौधरीलाई जेठ महिनको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्रले तालिम केन्द्र भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना उत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।