
काठमाडौं । महानगरीय अनाश्रीत सशस्त्र प्रहरी गुल्म नं. २ काठमाडौंमा दरवन्दी भई प्रहरी चौकी अर्गली पाल्पामा कार्यरत प्रहरी जवान प्रशान्त आले जेठ महिनामा पाल्पा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
प्रहरी जवान प्रशान्तले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अप,रा,ध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएका छन् ।
विभिन्न अप,राधमा संलग्न व्यक्तिहरुलाई प,क्राउ तथा कानूनी का,र,हीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकाले प्रहरी जवान प्रशान्तलाई जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।