बर्दिया प्रहरीद्वारा नदीमा हामफालेर आत्महत्या गर्न खोज्ने महिलाको सकुशल उद्धार

बर्दिया । गुलरिया नगरपालिका-८ स्थित भादा नदीमा हामफालेर आत्महत्या गर्न खोज्ने एक भारतीय महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

अपरिचित महिला उक्त नदीमा हामफालेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट तत्कालै खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्दार गरी बर्दिया अस्पताल गुलरियामा लगि उपचार गराएको थियो ।

उपचार पश्चात आवश्यक सोधपुछको क्रममा ४० वर्षीया ती महिला भारत बहराईच थाना मोतिपुर ग्राम बलैगाउँ बस्ने खुल्न आएपछि भारत बहराईच थाना मोतिपुर ग्राम पञ्चायतको गाउँ प्रधानसँग समन्वय गरी उनका श्रीमानलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = four