प्रचण्डलाई लक्षित गर्दै ओलीले भने– ‘भोलिपल्ट कुखुरो हराउनु छ, अघिल्लो दिन स्याल करायो’

काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछि नियुक्त गरिएका मन्त्रीलाई भोलि अदालतले हटाउँछ भनेर अघिल्लै दिन प्रचण्डले भन्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन् ।

उनले पछिल्लो समय चर्चामा रहेको शब्द ‘सेटिङ’ हो कि भनेर प्रश्न समेत गरे ।

‘एक जनाले पछि नियुक्त गरिएका मन्त्री भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु, भने । यहाँ न्याय निष्पक्ष निरुपण भयो कि अरू नै हिसाबले रु’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रवार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘एउटा हल्ला चार्चा छ नि सेटिङ भन्ने ।

भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? गम्भीर कुरा छ ।’

सर्वोच्च अदालतले जेठ २१ र २७ गते नियुक्त भएका मन्त्रीलाई पदमुक्त गर्ने आदेश गरेको अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यस्तो सूचना सार्वजनिक गरेका थिए ।

ओलीले प्रचण्डको नाम नलिई पहिल्यै यस्तो फैसला आउँदैछ भन्ने जानकारी कसरी प्राप्त भयो भनेर प्रश्न गरे ।

ओलीले राजनीतिक विषयको टुंगो अदालतबाट खोज्ने गलत प्रवृत्ति शुरू भएको बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

8 + one =