सशस्त्रका एआईजीको सरुवा: कार्यमा केसी, प्रशासनमा पौडेल

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा कार्यरत दुई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले प्रशासन तथा मानवस्रोत विभागमा रहेका एआईजी पुष्पराम केसीको कार्य तथा सिमा सुरक्षा विभागमा र कार्य तथा सिमा सुरक्षा बिभागमा कार्यरत एआईजी रामशरण पौडेलको प्रशासन तथा मानवस्रोत विभागमा सरुवा गरेको हो ।

मन्त्रीपरिषदले गरेको निर्णयको जानकारी सशस्त्र प्रहरी बल मुख्यालयमा शुक्रबार पुगिसकेको छ ।

निर्धारित एकबर्षे कार्यकाल पूरा भएकोले नियमित प्रक्रिया अन्तर्गत सरकारले एआईजीद्धय केसी र पौडेलको परस्पर सरुवा गरेको हो ।

गतबर्ष एकेडेमीमा रहेका एआईजी केसीको प्रशासन तथा मानवस्रोत विभागमा र प्रशासन तथा मानवस्रोत बिभागमा रहेका पौडेलको कार्य तथा सिमा सुरक्षा विभागमा सरुवा भएको थियो । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि सशस्त्रमा दरबन्दी कटौती गरेर दुई एआईजीको दरबन्दी कायम गरिएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 2 = fourteen