म धोका दिने मान्छे होइन, देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता हुँदैन: माधव नेपाल

काठमान्डौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गर्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

नेपालले आफूहरूको विचार समूह विपक्षी गठबन्धनबाट नबाहिरिने स्पष्ट गरे ।

विपक्षी ५ दलले शनिवार पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा नेता नेपालले सर्वोच्च अदालतमा दिइएको निवेदनबाट फिर्ता हुने सम्भावना नरहेको बताए ।

‘माधव नेपाल धोका दिने मान्छे होइन, हस्ताक्षर फिर्ता गर्ने, सर्वोच्चबाट पछाडि हट्नेवाला छैन । लोकतन्त्र जोगाउने गठबन्धनमा प्रतिबद्ध छौं,’ नेता नेपालले भने ।

नेता नेपालले प्रधानमन्त्री पदको आश्वासनबाट आफू विचालित नहुने बताए । ‘प्रधानमन्त्री पद दिएपछि माधव नेपाल विचलित हुने हो कि रु विगतमा नेकपा रहेको बेलामा पनि प्रधानमन्त्रीको प्रलोभनमा प्रचण्ड र मलाई जुधाउन खोजिएको हो तर यस्ता प्रलोभनमा फस्ने मान्छे होइन,’ नेपालले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पटक–पटकको धोका र चालबाजीले गर्दा हैरान भएर आफूहरू पार्टीभित्र विद्रोहमा उभिएको उनले बताए । नेता नेपालले संविधानको धारा ७६(५) को प्रधानमन्त्रीका लागि दलीय ह्वीप नलाग्ने दाबी गरे ।

‘संविधानको धारा ७६(५) ले प्रधानमन्त्री बनाउने अधिकार सांसदलाई दिएको छ, विश्वासको मत लिने बेलामा मात्र दलीय ह्वीप लाग्छ । त्यो बेला सिनारियो परिवर्तन हुन सक्छ,’ नेपालले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ fifty three = fifty eight