पाँच पूर्वप्रधानमन्त्रीको वक्तव्यबारे प्रचण्ड भन्छन् : इसारा काफी छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच पूर्वप्रधानमन्त्रीद्वारा जारी वक्तव्यको अन्तर्य बुझ्नेलाई इसारा काफी रहेको बताएका छन्। शनिबार नयाँ बानेश्वरमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा उनले वक्तव्यमा रहेका दुई वाक्यभित्र धेरै कुरा रहेको बताए।

जेठ २९ गते पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल तथा डा बाबुराम भट्टराईले वक्तव्य सार्वजनिक गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय लिनुपर्ने बताएका थिए।

‘नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ’, वक्तव्यमा भनिएको थियो।

गत बिहीबार पनि प्रचण्डले परिस्थिति गम्भीर भएकाले वक्तव्य सार्वजनिक गरिएको बताएका थिए। उनले पाँच वटा पूर्वप्रधानमन्त्रीहरुले स्थितिलाई जनतासमक्ष नराख्ने हो भने कसले गर्छ तरु भन्ने प्रश्न गरेका थिए।

‘अहिले कसले सामूहिक नेपालीको बारेमा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ भनेर प्रभावकारी अपिल कहाँबाट हुनसक्छ भन्दा हामीले ठान्यौँ, पाँच जना पूर्वप्रधानमन्त्री हरुले गर्दा त्यो अपिल ठूलो हुन्छ भन्ने ठान्यौँ र हाम्रो जिम्मेवारी हो भन्ने ठान्यौँ’, उनको भनाइ थियो।

प्रचण्डले आफूहरुलाई कसैसँग दुस्मनी गर्नु आजश्यक नभएको बताए। ‘तपाईंहले भाषा हेर्नुभयो भने, नेपाल र नेपालीलाई अपिल गरिएको छ। हामी छिमेकीहरुसँग पनि राम्रो सम्बन्ध होस् भन्ने चाहन्छौँ।

तर हाम्रोभित्र अनावश्यक चलखेल हामीलाई स्वीकार्य छैन। नेपाली जनता, नेपाली मनोविज्ञान, नेपालको संस्कार त्यस्तो होइन। नेपालको हामी सक्दैनौँ भन्ने कुरा पनि त्यहाँ छ’, उनको भनाइ थियो।

प्रचण्डले संविधानका मूलभूत मान्यतालाई अहिले रक्षा गर्न नसके देश अप्ठ्यारो जाने बताए। उनले अहिलेको आफूहरुको संघर्ष प्रधानमन्त्री बन्नको लागि नभएको प्रष्ट पारे।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× four = 4