“हाम्रो संघर्ष प्रधानमन्त्री बन्नका लागि होइन”: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विपक्षी गठबन्धनको संघर्ष प्रधानमन्त्री बन्नका लागि नभएको बताएका छन् । शनिवार नयाँ बानेश्वरमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

प्रचण्डले संविधानका मूलभूत मान्यतालाई अहिले रक्षा गर्न नसके देश अप्ठ्यारो जाने पनि बताए। यस्तै उनले पाँच पूर्वप्रधानमन्त्रीद्वारा जारी वक्तव्यको अन्तर्य बुझ्नेलाई इसारा काफी रहेको बताएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई ‘धम्क्याएको’ बताएका छन् ।

सर्वोच्च अदालतले संविधानअनुसार, लोकतान्त्रिक मूल्य–मान्यताअनुसार फैसला गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

40 − thirty nine =