सवारी साधन चोरी गरी खरिद बिक्री गरेको आरोपमा ६ जना प-क्राउ

काठमाडौं । भक्तपुरमा मोटरसाइकल तथा स्कुटर चोरी गरेको आ-रोपमा चार र चोरीको स्कुटर खरिद गरेको आरो-पमा दुई गरी ६ जनालाई शनिबार प्रहरीले प-क्राउ गरेको छ ।

प-क्राउ पर्नेहरूमा उक्त सवारी साधन चोरी गर्ने धादिङको थाक्रे गाउँपालिका–७ घर भई हाल भक्तपुर नगरपालिका–८ बस्ने २८ वर्षीय सुमन भनिने अर्जुन तमाङ, भक्तपुर नगरपालिका–२, दत्तात्रय घर भई हाल भक्तपुर नगरपालिका–८, लिवाली बस्ने १९ वर्षीय वैद्य भनिने विजय ह्याङ्जु, दोलखाको सैलुङ गाउँपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–६, सुन्दरबस्ती बस्ने २९ वर्षीय दिनेश तामाङ वाइबा र भक्तपुर नगरपालिका–८, लिवाली घर भएका २० वर्षीय साइन भनिने रमेश कोजु रहेका छन् ।

यसैगरी, चो-रीको स्कुटर खरिद गर्नेहरू काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ घर भई हाल सूर्यविनायक नगरपालिका–१०, पलाँसे बस्ने २३ वर्षीय अविनाश तामाङ र दाङको लमही घर भई हाल सूर्यविनायक नगरपालिका–१०, पलाँसे बस्ने २२ वर्षीय आकाश मगर रहेका छन् ।

भक्तपुर नगरपालिका–१०, कमलविनायक डेरा गरी बस्ने लक्ष्मणबहादुर विकको भे७प ४४१३ नम्बरको मोटरसाइकल गएको जेठ ३० गते हराएको भन्ने सूचनापछि महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्नेक्रममा उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बा७१प ४७०३ नम्बर बनाएर चलाएको अवस्थामा मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा कीर्तिपुर नगरपालिका–१५ बस्ने रवीन्द्र नेपालको बा३६प १५८८ नम्बरको स्कुटरसमेत उनीहरूले चोरी गरी बेचेको खुल्न आएपछि स्कुटर खरिद गर्ने दुईजनालाई समेत प्रहरीले पक्राउ गरेको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ five = one