
काठमान्डौं । उपत्यकामा बुधबारदेखि २५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीले जोरबिजोरको आधारमा ५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय सोमबार गरेका थिए ।
ठूला बसहरूलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर जोरबिजोरको आधारमा चल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यस्तै निजी सवारी पनि जोरबिजोरको आधारमा सञ्चालित छन् ।
Facebook Comments Box