प्रधानमन्त्री ओली जेठमा फर्केनन्, भड्किए माधव नेपाल

काठमान्डौं । २०७५ साल जेठ २ अघिको संरचनामा फर्कन तयार रहेको बताएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः २०७७ फागुनभन्दा पछाडि फर्कन सकेनन् ।

बुधबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेलाई २०७७ फागुन २८ सम्म फर्काएको छ । जबकि, माधव नेपाल पक्षले २०७५ जेठ २ मा फर्कनुपर्ने शर्त राख्दै आएको छ ।

बालुवाटारमा ओलीको अध्यक्षतामा बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादीका २० जनालाई केन्द्रीय कमिटीमा राख्ने निर्णय गरेको छ ।

त्यस्तै बादल लगायतका चार पूर्व माओवादी नेताहरुलाई स्थायीको कमिटी सदस्य बनाउने आयोजक समितिले निर्णय गरेको छ । एमालेको यो संरचना ०७७ फागुन २८ मा बसेको ओली समूहको बैठकले बनाएको संरचना हो । नेपाल पक्षले २०७७ फागुन २८ का निर्णयहरु खारेज हुनुपर्ने माग गर्दै आएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× two = four